स्थानीय तह निर्वाचन:३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार ०१:२०

काठमाडौँ।स्थानीय तह निर्वाचनमा सोमवारसम्म ३५३ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन।आयोगले सोमवार दिउँसोसम्म प्राप्त सुचनाका आधारमा ३५३ जना निर्विरोध निर्वाचन भएको जनाएको छ ।स्थानीय तह निर्वाचनको जानकारी दिन आयोजना गराएको नियमित पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन आयोगका सह-प्रवत्ता सुर्य प्रसाद अर्यालले हाल सम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचन भएका र यो संख्या अझैँ बढने बताए।

स्थानीय तह २०७४ मा भने ४१२ उम्मेद्वार निर्विरोध निर्वाचित भएका थिए। सह प्रवक्ता अर्यालले उम्मेद्वार निर्विरोध निर्वाचन भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणना पछि नै निर्वाचित उम्मेद्वार सगै हस्तातरण गरिने जानकारी दिए ।स्थानीय तह निर्वाचन २०७९ मा कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुदै छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माैसम पूर्वानुमान महाशाखा:पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने

२० बैशाख २०७९, मंगलवार ०१:२०
काठमाडाैँ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ। आज मंगलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही […]