देशभर भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

कर्णाली अनलाइन २१ माघ २०७८, शुक्रबार ०४:३४

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको हो। गएरातिदेखि नै देशभर पानी परिरहेको छ।

आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ।

आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ र असिनासहित वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

२१ माघ २०७८, शुक्रबार ०४:३४
काठमाडौं ।उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट आईएस समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएका छन् ।अमेरिकी कारबाहीका क्रममा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बीबीसीले जनाएको छ । अमेरिकी विशेष दलका सैनिकले अबु […]