कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

कर्णाली अनलाइन १ पुष २०७८, बिहीबार १०:०७

काठमाडौं। नेपाली कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन्। यद्यपि निर्वाचन समितिले मतपरिणाम घोषणा गर्न बाँकी छ। गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन्।

कांग्रेस केन्द्री निर्वाचन समितिका अनुसार ४६८२ मतमध्ये थापाले ३०२३ र शर्माले १९८४ मत पाएर विजयी भएका छन्। थापाले भने सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए। शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए। पौडेलले १४०९, महतले १५५०, रिजालले ८०९ र कार्कीले १०७ मत पाएका छन्।

डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरनिर्भर समाज सुर्खेतद्धारा बसपार्कको फोहोर व्यवस्थापन कार्य सम्पन

१ पुष २०७८, बिहीबार १०:०७
सुर्खेत। विरेन्द्रनगर सुर्खेतलाई सफा र स्वच्छ गराउने उद्देश्यका साथ विहिवार सिटि वस पार्कको फोहोर व्यवस्थापनकार्यको आयोजना गरिएको छ। विरेन्द्रनगर वार्ड न-६को समन्वय, युई.एन.डि.पी को आर्थिक सहयोग र अन्तरनिर्भर समाज सुर्खेतको आयोजनामा अव्यस्थित रहेको वसपार्क भित्रको फोहोरलाई व्यवस्थापन गरिएको छ। कर्णाली प्रदेशको राजधानी विरेन्द्रगरमा रहेको एकमात्र सिटि वसपार्क भित्र सञ्चालीत १२ […]