भिरबाट लडेर कालीकोटमा एक जनाको मृत्यु

कर्णाली अनलाइन १५ पुष २०७९, शुक्रबार १३:२९

सुर्खेत । कालीकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो ४ बजेको समयमा महावै गाउँपालिका–६ की ५८ वर्षीया धर्मकला शाहीको मृत्यु भएको हो।

प्रहरीका अनुसार धर्मकला घरबाट सदरमुकाम मान्मतर्फ जाने क्रममा सोही पालिकाको पान्तडी भिरबाट २०० मिटर तल खस्न गई मृत्यु भएको हो।धर्मकला लडेको खबर स्थानियले प्रहरीलाई गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा यसरी मनाइयाे ल्हाेसार (फाेटाेफिचर)

१५ पुष २०७९, शुक्रबार १३:२९
सुर्खेत।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्। आज कर्णाली प्रदेशको राजधानी सहित देशभर […]