पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

कर्णाली अनलाइन १६ मंसिर २०७८, बिहीबार ०५:०६

काठमाडौँ।देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव अहिले नेपालमा छ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने छ।दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओमिक्रोन : अमेरिकामा पनि भेटिए संक्रमित, अहिलेसम्म कुन कुन देशमा फैलियो?

१६ मंसिर २०७८, बिहीबार ०५:०६
एजेन्सी।विश्वभर जारी कोरोना भाइरस महामारीको सन्दर्भमा गम्भीर चासो र चिन्ताका रुपमा आएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विभिन्न देशमा फैलिने क्रममा छ पछिल्लोपटक अमेरिकामा पनि ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति भेटिएका छन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार दक्षिण अफ्रिकाबाट अमेरिकाको क्यालिफोर्निया फर्किएका व्यक्तिमा ओमिक्रोनको संक्रमण देखिएको हो । […]