नक्कली शरणार्थी प्रकरण:यो ट्रेलर मात्रै हो, सिंगो फिल्म देखिनेवाला छ-प्रधानमन्त्री दाहाल

कर्णाली अनलाइन २३ बैशाख २०८०, शनिबार १७:२७

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताएका छन्।शनिबार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताएका हुन्।

उनले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताए। उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए।

उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरु भएको छ। यो सुरुवात मात्रै हो। यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिनेवाला छ।

त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै

२३ बैशाख २०८०, शनिबार १७:२७
काठमाडौं ।अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति आउँदै छ।अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो। यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ। डीभीका […]