कैलाली। जिल्लाको जोशीपुर नगरपालिका वडा न. ०३ लक्कडमा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोशीपुरले केन्द्र नम्बर ०३७ मा ग्राहक संरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम न्युनिकरणको लागि संस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।
उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक गरि १७ जनाको उपस्थिति रहेको थियो । जोशीपुर शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचालन गर्दै आईरहेको छ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार, बचत तथा कर्जाको फाईदा तथा बेफाइदा, कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु, कर्जा सदुपयोगिता, बिमा सेवा, पासबुकको प्रयोग, एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व, केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएतका विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय जोशीपुरका शाखा प्रबन्धक नन्दकला धमलाले जानकारी दिनुभयो। कार्यक्रममा केन्द्रीय कार्यालयमा कर्जा विभागमा कार्यरत प्रकाश रावल र शाखा कार्यालय जोशीपुरका शाखा प्रबन्धक नन्दकला धमलाको उपस्थित रहेको थियो ।
यस एनएमबी लघुवित्त वित्तीय संस्था लिमटेडको जोशीपुर शाखाले जोशीपुर नगरपालिका क्षेत्रका करिब ६ सय ५० भन्दा धेरै घरधुरिलाई सेवा दिदै आएको छ। यस जोशीपुर शाखा कार्यालयले कैलाली जिल्लाको जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिका साथै टीकापुर, भजनी र लम्कीचुहा नगरपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।
गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडान ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।

