काठमाण्डौं उपत्कासहित देशका धेरै ठाउँमा मौसम सफा

कर्णाली अनलाइन १६ फाल्गुन २०७८, सोमबार ०३:५६

काठमाण्डौं । काठमाण्डौं उपत्कासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।आज दिनभर नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हिउँदयाम  लगभग सकिएकाले अब बिहानैदेखि घाम लाग्ने छ । आज प्रदेश-१ तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । तर, तकाल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

अब बिस्तारै गर्मी अझै बढ्दै जाने छ भने प्रि-मनसुनका गतिविधि पनि सुरु हुनेछन् । प्रि-मनसुनमा हावाहुरी चल्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने हुन्छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भोलि शिवरात्रिका लागि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य

१६ फाल्गुन २०७८, सोमबार ०३:५६
काठमाण्डौं । भोलिको शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो । यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । शिवरात्रिमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । भीडका कारण कोरोना भाइरसको सङ्क्रमणको […]