टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

कर्णाली अनलाइन ४ मंसिर २०८०, सोमबार १६:१८

काठमाडौँ। भिडियाे शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज साेमवार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासमा आज याे मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याइने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चुँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको भएको हो ।

यस विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै गएकाे कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसाेका कारण जाजरकाेटमा एक महिने शिशुकाे ज्यान गयाे

४ मंसिर २०८०, सोमबार १६:१८
  जाजरकाेट।चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो । चिसोका कारण केही दिनदेखि बिरामी भएकी छाेरीकाे जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज साेमवार […]