धनगढी : बाजुरामा गएको भूकम्पसँगै भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको गौमुल गाउँपालिका–२ स्थित स्थानीय जंगलमा घाँस काट्ने क्रममा भूकम्प आउँदा माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ढुंगा लागेर मृत्यु हुनेमा स्थानीय जमुना रोकाया रहेकी छन्।उनको मृत्युको खबरपछि उक्त क्षेत्रमा प्रहरी पठाएको छ। (आज) मंगलबार दिउँसो २:४३ मा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको पनि प्रहरीले जनाएको छ। विस्तृत विवरण संकलन भइरहेको छ।

