गठबन्धनवालाहरु एक्लै प्रतिष्पर्धा गर्ने आँटै गर्दैनन् : अध्यक्ष ओली

कर्णाली अनलाइन २८ श्रावण २०७९, शनिबार १६:५०

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको बताएका छन्। काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धनमा पुगेको बताए।

‘आफ्नो आफ्नो चुनाव लडेर सरकार बनाउने बेला गठबन्धन गरे भइहाल्थ्यो’, ओलीले भने, ‘त्यसो गर्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन-सठबन्धन बनिरहेको छ।’ उनले भने, ‘गठबन्धनवालाहरु एक्लै प्रतिष्पर्धा गर्ने आँट गरिरहेका छैनन्। ’

उनले पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिरहेको बताए। देशलाई विकसित बनाउन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमाले सरकारमा आउनुपर्ने उनको भनाइ छ। ‘ल्होसार आयो, दशैं आयो भनेर खुशी हुँदै नाच्नलाई जस्तो होइन, देशलाई माथि उठाउन एमालेको सरकार आवश्यक छ।’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एस सुर्खेतका अध्यक्ष बडुवाल द्धारा प्रदेशसभा सदस्यमा उम्मेदवारी घोषणा

२८ श्रावण २०७९, शनिबार १६:५०
सुर्खेत। नेपाल कम्युनिट पार्टि एकिकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले उम्मेदवारी घोषणा गरेका छन। शनिवार बावियाचौरमा प्रतिनिधि सभा –२ सुर्खेतको प्रदेश सभा (ख) को समन्वय कमिटिको बैठकलाई सम्वोधन गदैँ अध्यक्ष बडुवालले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा २ अन्तगर्तको प्रदेश सभा (ख) बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन […]