हुुम्ला। हुम्लाको चखेली गाउँपालिका–६ स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए।
पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए।५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन्। घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताए।

