नेप्से दुई दिनमा ७५ अंकले बढ्यो

कर्णाली अनलाइन ३० आश्विन २०८१, बुधबार १८:५२

काठमाडौँ ।बुधबार नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेको छ। केही समयदेखि नेप्सेले २७ सयको विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको थियो।दसैं अगाडि बजारले बढ्न सक्ने संकेत गरेको थियो।

सो समय नेप्सेको रेखा चित्रमा बनेको पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने मुभिङ एभरेज रेखालाई पार गरेर माथि लागेको थियो। यस्तो भएमा बजार थप बढ्ने अनुमान गरिन्छ। यदि २० दिने रेखा बढ्न थालेर पाँच दिनेलाई तल पारेर माथि गयो भने बजार घट्न थाल्ने मानिन्छ।

दसैंपछि दुई दिनको कारोबारमा नेप्से परिसूचक ७५ अंकले बढेको छ। कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार तीन अर्ब ६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ६६ करोड रूपैयाँ पुगेको छ। कारोबार रकम ८४ प्रतिशतले बढेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६९ औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

३० आश्विन २०८१, बुधबार १८:५२
सुर्खेत । ६९ औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । यस […]