नेप्से झन्डै ७० अङ्कले घट्यो, १ करोड २ लाख कित्ता शेयर पाँच अर्ब ६० करोड रुपैयाँमा कारोबार

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ११:५४

 

काठमाडौँ। शेयर बजार परिसूचक नेप्से आज सोमवार झन्डै ७० अङ्कले घटेको छ । नेप्से आज ६९ दशमलव ७७ अङ्कले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बीमा, उत्पादन, विकास बैंक र जलविद्युत् कम्पनीको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३८ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब ६० करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

आज जोशी हाइड्रोपावरको शेयर साढे आठ प्रतिशत तथा घलेम्दी हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स र जानकी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि मध्य भोटेकोसी जलविद्युत् र गोर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज बिहानैदेखि सिरहामा निषेधाज्ञा

१२ पुष २०७८, सोमबार ११:५४
सिरहा। सिरहामा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ। बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ […]