छोरालाई गोली हान्ने वली भरुवा बन्दुकसहित पक्राउ

कर्णाली अनलाइन ८ कार्तिक २०७८, सोमबार ०६:१४

रुकुम पश्चिम । रुकुम प्रहरीले आफ्नै छोरालाई गोली हान्ने बुवालाई पक्राउ गरेको छ । बाँफिकोट गाउँपालिका–१० बस्ने ५८ वर्षीय चन्द्र बहादुर वलीलाई प्रहरीले भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।

घरायसी झगडामा मादक पदार्थ सेवन गरी वलीले आफ्नै छोरालाई गोली प्रहार गरेको तर नलागेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । वलीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट प्रहरी खटिएको हो ।

प्रहरीले वली र उनको साथबाट भरूवा बन्दुक बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

८ कार्तिक २०७८, सोमबार ०६:१४
काठमाडौँ ।विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्।सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै […]