कानूनका विद्यार्थीहरुको क्षमता बिकास प्रशिक्षण कार्यक्रम सम्पन्न

suresh १७ श्रावण २०८०, बुधबार २०:०२

सुर्खेत, सामाजिक न्यायको लागी क्लिनिकल कानून शिक्षा (CLESJ) अन्तर्गत मध्यपश्चिम विश्वबिद्यालय स्कुल अफ ल को आयोजना, नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र UNDP को सहयोगमा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना -२ (A 2J) phase -ii कार्याक्रमको लागि मध्यपश्चिम बिश्व बिद्यालय “स्कुल अफ ल” बाट छनोट भएका ५० जना कानूनका विद्यार्थीहरुलाई श्रावण १४ गते देखि १६ गतेसम्म तिन दिने प्रशिक्षण कार्यक्रम होटल नमस्ते नेपाल सुर्खेतमा सम्पन्न भएको छ।
उक्त ३ दिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री कार्यलयका कानुन सचिव शंकर बहादुर खत्री, उप- सचिव बिरेन्द्र के.सी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप-सचीव निधिराज न्यौपाने, बार एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष उतम आचार्य, UNDP कर्णाली प्रदेश; A2J प्रोजेक्ट लिगल अफिसर इमान सुनुवार, उप- प्राध्यापक कमल लम्साल, अधिवक्ता विबस बस्नेत, अधिवक्ता सोविता शाह लगायत कानुनि बिषयमा बिग्य व्यक्तिहरुद्वारा प्रशिक्षण क्लास चलेको थियो।
उक्त प्रशिक्षण कार्यक्रम मार्फत स्थानीय न्यायीक समितिले गर्ने कामकार्य, क्षेत्राधिकार, मुद्दाको प्रकृति, विवाद निरुपण तथा मेलमिलापको प्रक्रिया, कानुनका विद्यार्थीहरुले स्थानीय तहमा गएर निभाउन सक्ने भुमिका इत्यादी सम्बन्धमा प्रशिक्षण लगेको र अब फिल्डमा पुग्दा स्थानीय तहमा गएर न्यायिक समितिका मान्छेहरुलाई कानुनी सल्लाह, सझाव दिन सकिने, उनीहरुको कामको मुल्यांकन गर्न सकिने, स्थानीय बासिन्दाहरुलाई प्रशिक्षण दिन सक्ने भएको सहभागी कानुनका विद्यार्थी दिपेन्द्र कुमार बि.सी दिपु ले बताउनुभएको छ।

समापन कार्यक्रममा प्रमुख अथितिको रूपमा बोल्दै कानुनु सचिव शकंर बहादुर खत्रीले यो कार्यक्रम मार्फत कर्णाली दुरदर्जाका नागरिकहरुले कानुनी सहायता पाउँनेछन। विद्यार्थीहरुको बास्तविक रूपमा आउने रिपोर्टले कर्णालीमा नयाँ निति निर्माण गर्न मद्दत गर्नेछ। र कर्णाली प्रदेश सरकारले विश्वबिद्यालयलाई निति प्रयोगशाल बनाउने कुरामा ध्यानाकर्षण पनि भएको कुरा बताउनु भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका मध्यपश्चिम बिश्वबिद्यालय स्कुल अफ ल का निर्देशक उप- प्राध्यापक सुरेन्द्र अधिकारिले अहिले स्थानीय न्यायिक समितिहरु अदालत जस्तो हुने र बन्ने कुरामा लागिपरेका छन। संबिधानको मर्म त्यो होइन। संबिधानले त स्थानीय स्तरमा सरल रूपमा नागरिकका बिच उतपन्न विवादहरु निरुपण तथा मेलमिलाप गर्नुपर्छ भन्ने हो। यहीँ कुरा जानकारी CLESJ कार्यक्रमको लागि छनोट भएका हाम्रा कानुनका विद्यार्थीहरुले फिल्डमा गएर गर्न सक्नुहुनेछ। सैद्धान्तिक रूपमा प्राप्त ज्ञान सिपलाई हाम्रा विद्यार्थीहरुले प्रयोग गर्नुहुनेछ। विद्यार्थीहरुको व्यक्तित्व बिकासमा सहयोग हुने र यस्ता कार्यक्रमहरु अन्य दिनमा पनि संचालन गरि बाँकि अरु कानुनका विद्यार्थीहरुलाई सहभागी गराउने कुरामा आफु सधै लागि पर्ने भन्दै तिन दिने कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियोे।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण लगेको प्रमाणपत्र सचीव शंकर बहादुर खत्री द्वारा वितरण पनि गरिएको थियोे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा पहिराेमा परी कर्णालीका १७ जना वेपत्ता

१७ श्रावण २०८०, बुधबार २०:०२
सुर्खेत । भारतकाे उत्तरखाण्डमा पहिराेले हाेटल बगाउँदा कर्णालीका १७ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रूद्रप्रयागमा पहिराेले हाेटल बगाउँदा जुम्ला र हुम्ला जिल्लाका १७ जना बेपत्ता रहेकाे भारती मिडिया जागरणले उल्लेख गरेकाे छ । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छाेरा लालबहादुर कामी, सुखरा रावत र उनका […]