श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

कर्णाली अनलाइन ७ श्रावण २०७९, शनिबार १२:०३

ताप्लेजुङ।फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका बलबहादुर साँवा लिम्बूले कुटपिट गर्दा श्रीमती कान्छीमाया लिम्बूको मृत्यु भएको छ।

घरायसी विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुरले कुटपिट गर्दा ५४ वर्षीया कान्छीमायाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कुटपिटको क्रममा घटनास्थलमै उनको मृत्यु भएको हो ।

खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ। शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ।

शव परीक्षणपछि थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ। शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । बलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवेकशील साझा पार्टीका कर्णाली संयोजक दाहाल एमाले प्रवेश

७ श्रावण २०७९, शनिबार १२:०३
सुर्खेत । विवेकशिल साझाका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल लगायतको कर्णाली प्रदेशका विभिन्न जिल्ला संयोजक लगायत सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमालेका महासचिव शंखर पोखरेलले उनिहरुलाई पार्टीमा स्वागत गरेका छन् । यस्तै अन्य पर्टी नेकपा (माओवादी), नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत पार्टीबाट पनि एमालेमा प्रवेश गरेका हुन् ।सुर्खेत […]