भारतमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु

कर्णाली अनलाइन २१ श्रावण २०८०, आईतवार ११:३४

सुर्खेत। भारतमा भएको सवारी दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ।शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा नेपालगन्जका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको हो।

त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ। यस्तै गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए।

कारका चालक सख्त घाइते छन्। भारतबाट नेपालगन्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो। उत्तर प्रदेशको सञ्चारमाध्यमले कार रुखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको शेअर बजार सुधारको बाटोमा

२१ श्रावण २०८०, आईतवार ११:३४
सुर्खेत।झन्डै दुई वर्ष देखि सुस्ताएको शेअर बजार क्रमिक रूपमा सुधार हुने सङ्केतहरू देखिन थालेको विश्लेषकहरूले बताएका छन्। दुई साता अघि सार्वजनिक गरिएको मौद्रिक नीतिले अपेक्षाकृत रूपमा शेअर बजार चलायमान बनाउनका लागि नीतिगत व्यवस्था गर्न नसकेको भए पनि हाल वित्तीय संस्थाहरूसँग तरलता अभाव नरहेको अवस्था र ब्याजदर घट्नसक्ने सम्भावनाका कारण क्रमिकरूपमा […]