एउटा इन्जिन भएको हेलिकप्टरमा पनि २ जना पाइलट अनिवार्य गर्ने तयारी

कर्णाली अनलाइन १८ जेष्ठ २०७९, बुधबार ००:२३

काठमाडौँ।नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि प्रस्ताव तयार पारेर सात दिन भित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको प्राधिकरणले जनाएको छ ।

अहिले नेपालमा दुई वटा इन्जिन भएका हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई जना पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गर्न लागेको पनि प्राधिकरणले जनाएको छ ।

तर हेलिकप्टर व्यवसायीहरूले भने नेपालमा हेलिकप्टर पाइलट उपलब्ध गराउन कठिन हुने भएकोले यस्तो व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईसीसीयु–१९ महिला क्रिकेट टोलीको बिदाइ

१८ जेष्ठ २०७९, बुधबार ००:२३
काठमाडौँ ।आईसीसी यु–१९ महिला विश्वकपअन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो। टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतको टोलीले बिदाइ गरेको छ। बिदाइपछि बोल्दै नेपाली टोलीकी […]