सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

कर्णाली अनलाइन ६ पुष २०७८, मंगलवार ०५:४९

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन्।

बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ। बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

सभामुखले आवश्यक ठानेको अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने व्यवस्था छ। समितिमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागिता रहन्छ। समितिमा बैठकको कार्यसूची, आगामी बैठकलगायत विषयमा छलफल हुनेछ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ। एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने बताउँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

६ पुष २०७८, मंगलवार ०५:४९
काठमाडौँ।आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गर्ने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न भएको छ। अवार्ड कार्यक्रममा देशभर रहेका २४ हजार ५०० अभिकर्ताहरुमध्ये आर्थिक वर्ष २०७७र०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य […]