फेरिएको तीजबारे सुगारिका केसी भन्छिन्– पहिला बुझेर चाड मनाइन्थ्यो अहिले देखावटी!

कर्णाली अनलाइन ९ कार्तिक २०७८, मंगलवार ०४:४३

पहिले र अहिलेको तीज फरक छ। त्यो बेलाको भन्दा बेला, परिस्थिति सबै फरक भइसके। ३० वर्ष अगाडि र ३० वर्ष पछाडि सबै उस्तै त कहाँ हुन्थ्यो र ! पहिला अहिलेको जस्तो जमाना नै थिएन।

तीज लगायतका पर्व, संस्कृति, ढर्रापन भन्दा पनि एकदमै मनैदखि मनाउने चलन थियो। हुँर्कदै जाँदा हामी सामाजिक सञ्जालको समयमा आइपुग्यौँ । यहाँसम्म आइपुग्दा हाम्रा प्रत्येक संस्कृति, संस्कारहरुले अलिकति भद्दापन पनि दिइरहेका छन्। यस हिसाबमा परिवर्तन पक्कै भएको हो।

पहिला पहिला अर्थ बुझेर चाडपर्व मनाइन्थ्यो भने अहिले देखावटीपनमा, ट्रेन्डमा भाइरल हुनु पछाडि आफ्नो रीतिरिवाज मनाइरहेको पाइन्छ।

समय अनुसार सबै क्षेत्र परिवर्तन हुँदै जानुपर्छ, परिवर्तन सामान्य नियम नै हो। त्यसमा धर्म पनि पर्छ। धर्मको पक्ष लिएको हैन, तर हिन्दु धर्म एकदमै उदार छ, यसले धेरै राम्रा पक्षहरु समेटेको छ। सबैलाई माया गर्नुपर्छ भन्छ र समय अनुसार परिवर्तन हुँदै जानुपर्छ भनेर प्रतिविम्बित गर्ने भएकोले समय अनुसार केही परम्परालाई हामीले परिवर्तन गर्दै लैजानुपर्छ।

तीजमा सानो बेलामा बुझ्दै नबुझी व्रत बसियो। असल श्रीमान पाइन्छ, राम्रो श्रीमान पाइन्छ, जीवन जीउन सहज हुन्छ भनेर आमा, हजूरआमा, काकी, फूपुहरुले सिकाउनुभयो।

ठूलो हुँदै गएपछि चेतनाको स्तर बढ्दै गयो, पढ्दै गइयो। धर्मका विभिन्न पाटाहरुको बारेमा ज्ञान पनि भयो। पछि थाहा भयो, तीजका व्रतका धेरै प्रणाली रहेछ।

केही अपाच्य व्याख्या पनि छन्, जस्तो पञ्चमीको दिनमा हामीले सुन्ने गरेको कथा, महिनावारी श्राप हो, कलंक हो। पापबाट पञ्छिनको लागि हामीले ऋषिको पूजा गर्नुपर्छ अनि वर्षभरीको पाप पञ्चमी पूजाले पखाल्छ । यो कुरामा मलाई विश्वास लाग्दैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हस्तकला कोसेली मेला सुरु

९ कार्तिक २०७८, मंगलवार ०४:४३
काठमाडौँ ।नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा सोमबारदेखि नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको छ।मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ। सोमबारदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुनेछ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका […]

सम्बन्धित शीर्षक