हस्तकला कोसेली मेला सुरु

कर्णाली अनलाइन ९ कार्तिक २०७८, मंगलवार ०४:४७

काठमाडौँ ।नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा सोमबारदेखि नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको छ।मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ।

सोमबारदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुनेछ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले जानकारी दिए।

२५ वटा स्टल रहने मेलाको मुख्य उद्देश्य हस्तकला सामग्रीको आन्तरिक बजारमा विस्तार एवं प्रवर्धन रहेको महर्जनले बताए। कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने आयोजकको विश्वास छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र वेष्ट इन्डिज तथा पाकिस्तान र न्यूजिल्याण्ड भिड्दै

९ कार्तिक २०७८, मंगलवार ०४:४७
काठमाडौं । टी–२० विश्वकपमा मंगलबार सुपर–१२ को भिडन्त अन्तर्गत समुह–१ मा पहिलो खेलमा पराजित दुई टीम दक्षिण अफ्रिका र वेस्टइन्डिज प्रतिस्पर्धा गर्दै छन्।  सेमिफाइनल आस कायम राख्न पनि दुबै टीमलाई जित अत्यावश्यक रहेको छ। दुबईमा हुने यो भिडन्त दिउँसो ३ः४५ हुने छ। दुबै टीम आ–आफ्नो पहिलो खेलमा पराजित भएकाले दुबै गर […]