दैलेखमा आफ्नो घरमा आफै आगो लगाउने एक पुरुषको जलेको अवस्थामा शव फेला

कर्णाली अनलाइन २४ पुष २०७९, आईतवार २०:११

सुर्खेत । दैलेख भैरबी गाउँपालिका–४ बस्ने नरेश वि.कले आफ्नो घरमा आफै आगो लगाएका छन्। नरेशले शनिबार साझ साढे ७ बजेको समयमा आफ्नै घरमा आगो लगाएका हुन्।

जिल्ला प्रहरी कार्यलय दैलेखका अनुसार भैरवी गाउँपालिका–४ रिङगाटेमा रहेको आफ्नै २ तले ३ कोठे कच्चि घरमा आगो लगाएका हुन्। प्रहरी चौकी भैरवीबाट खटिएको प्रहरीटोली र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।घरमा आगो लगाएको खबर स्थानियले टेलिफोन मार्फत जानकारी गराए पश्चात प्रहरी टोलि घटना स्थलमा खटिएको थियो।

ईलाका प्रहरी कार्यलय दुल्लुका अनुसार स्थानीय र प्रहरी चौकी भैरवीले आगो नियन्त्रणमा लिएपछि घरमा के कति क्षती भएको छ भनेर खोज्दै जादा अन्दाजी ४५ वर्षीय घर धनि नरेश विक जलेको अवस्थमामा भेटिएका छन्।

नरेश घरको छानोले पुरि जलेर मृत अवस्थामा फेला परेपछि त्यहाँ रहेको प्रहरीले ईलाका प्रहरी कार्यलय दुल्लुलाई खबर गरेको थियो। हाल थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यलय दुल्लुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ

२४ पुष २०७९, आईतवार २०:११
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ भाउ घटाएको हो। अब पेट्रोल १ सय ७५, डिजेल र मट्टितेल १७२ रूपैयाँ कायम भएको निगमले जनाएको छ। एलपिजी ग्यासको मूल्य भने यथावत् राखेको पनि निगमको विज्ञप्तिमा उल्लेख छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू […]

सम्बन्धित शीर्षक