गठबन्धनमा आबद्ध दलहरुले नमानेपछि तत्कालका लागि एमसिसीबाट पछि हटे प्रधानमन्त्री देउवा

कर्णाली अनलाइन १६ माघ २०७८, आईतवार ११:२६

 

काठमाडौँ ।एमसिसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिए पनि गठबन्धनमा आबद्ध दलहरुको असहयोगका कारण तत्कालका लागि असफल भएका छन्।आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एसिसी अनुमोदनका लागि पेश गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई गठबन्धनमा आबद्ध मााओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार गरेपछि तत्कालका लागि असफल भएका हुन्।

शनिबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी पारित गराउन अमेरिकाले मंगलबार (फेब्रुअरी १) सम्मको समय दिएकाले पारित गराउनै पर्ने दबाबमा आफू रहेको बताएका थिए।

देउवाले समाजवादी र माओवादीलाई एमसिसीकै कारण गठबन्धन तोडे पनि आफू आइतबारकै प्रतिनिधिसभाको बैठकमा अनुमोदनका लागि पेश गर्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘मलाई एमसिसी पारित गराउन दबाब छ। म भोलि संसदमा लैजान्छु, पारित गरौँ। तपाईहरुले भोट दिए पनि दिनुहोस्, नदिए पनि नदिनुहोस्।’

प्रधानमन्त्रीको चेतावनीयुक्त प्रस्तावको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए।

उनले यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसकिने बताउँदै आफ्नो पार्टीका लागि सरकारमै बसेर सरकारको प्रस्तावको विपक्षमा मतदान गर्नु अनैतिक हुने उल्लेख गरे।

गठबन्धनको बैठकमा श्रेष्ठले भने, ‘यथास्थितिमा एमसिसी अनुमोदन गर्न सकिँदैन। यसमा राष्ट्रहित विपरीतका धेरै विषय छ। यस्तो अवस्थामा तपाईंले संसदमा लैजानु भयो भने हामी भोट हाल्दैनौँ, सरकारमै बसेर विपक्षीमा मतदान गर्नु अनैतिक हुन्छ।’

बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि पनि प्रधानमन्त्रीको प्रस्तावमा असहमति जनाएका थिए।

एमसिसीको विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच नै चर्काचर्की भए पनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिभसाको बैठक १० दिन पर सारिएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्सेमा उच्च अंकको वृद्धि ,पाँच कम्पनीको शेयरमा सर्किट

१६ माघ २०७८, आईतवार ११:२६
काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय […]