रूख काट्दै गर्दा वीरेन्द्रनगरमा हाँगा लागेर एक किशोरीको मृत्यु

कर्णाली अनलाइन ६ चैत्र २०७८, आईतवार ११:५३

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेकाे कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा किशोरीको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हाे  ।प्रहरीका अनुसार रूख काट्दै गर्दा हाँगा खसेर उनको शरिरमा लागेर घाइते भएपछि उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो ।उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हामी रुसलाई हतियार दिँदैनौं – चीन

६ चैत्र २०७८, आईतवार ११:५३
एजेन्सी।अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन युद्धका लागि चीनले रुसलाई हतियार नदिने बताएका छन्।चीनले युक्रेनमा जारी तनाव अन्त्य गर्न सक्दो प्रयास गर्ने अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले बताएका हुन्। गएको शुक्रबार भएको भिडियो संवादको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनले रुसलाई हतियार सहयोग गरेमा गम्भीर परिणामको […]

सम्बन्धित शीर्षक