सुर्खेतमा काँग्रेस पालिका अधिवेशन सम्पन्न: ८ पालिकामा थानी समूहलाई पराजित गर्दै खड्का समुह बिजयी

कर्णाली अनलाइन ३ मंसिर २०७८, शुक्रबार ०६:१०

सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेसको सबै पालिकामा अधिवेशन सम्पन्न भएको छ । सुर्खेतका नौ वटै पालिकामा अधिवेशन सम्पन्न भएको हो ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन अर्न्तगत सुर्खेतका पालिकाहरुमा पदाधिकारी चयन भएका छन् । ९ वटा स्थानीय तह रहेको सुर्खेतका ८ वटा पालिकामा संस्थापन पक्ष निर्वाचित भएको छ । संस्थापन इत्तर पक्षले एउटा पालिकामा मात्र विजयी भएको छ ।

सुर्खेतमा संस्थापन पक्षका नेता काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र इत्तर पक्षका नेता हृदयराम थानीबीच प्रतिस्पर्धा हुने गरेको छ । तर पालिकाको पदाधिकारी छनोटमा महामन्त्री खड्का हाबी भएका छन् । यसपटक थानी पक्ष निकै कमजोर देखिएको छ ।केन्द्रमा महामन्त्री खड्का सभापति शेरबहादुर देउवा र थानी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका छन् । थानी पक्षले चौकुने गाउँपालिकामा मात्र विजयी प्राप्त गरेको छ ।

 पालिकामा विजयी भएकाहरु-गुर्भाकोट नगरपालिका : हस्त पुन (देउवा पक्ष)लेकबेशी नगरपालिका : उमेश पौडेल (देउवा पक्ष)भेरीगंगा नगरपालिका : राम वहादुर सिंह (देउवा पक्ष)वीरेन्द्रनगर नगरपालिका : उपेन्द्र खड्का (देउवा पक्ष)ञ्चपुरी नगरपालिका : कृपाराम थापा (देउवा पक्ष)सिम्ता गाउँपालिका : वीरेन्द्र रावत (देउवा पक्ष)चिङ्गाड गाउँपालिका : डोरप्रसाद शर्मा(देउवा पक्ष)बराहताल गाउँपालिका : भीम भण्डारी (देउवा पक्ष)चौकुने गाउँपालिका : नरबहादुर वान्तोला (पौडेल पक्ष)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी पुसको अन्तिममा कर्णाली प्रदेश लोकसेवाले विज्ञापन आह्वान गर्ने तयारी

३ मंसिर २०७८, शुक्रबार ०६:१०
सुर्खेत ।कर्णाली प्रदेश लोकसेवा आयोगले आगामी पुसको अन्तिम मंगलबार रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरी कर्मचारी माग गर्ने तयारी गरेको हो । आयोगले सहायक पाँचौं तहका प्राविधिक र अप्राविधिक (नायव सुब्बा) पदका कर्मचारी पूर्तिका लागि पुसको अन्तिम मंगलबार विज्ञापन गर्ने कार्यतालिका बनाएको छ । नासु […]