गुराँस गाउँपालिका अध्यक्ष विसीद्धारा ८ नम्बर वडा कार्यालयको भवन उद्घाटन

कर्णाली अनलाइन ४ भाद्र २०७९, शनिबार १८:५१

दैलेख। जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयको उद्घाटन गरिएको छ । शनिबार धरमपोखरामा रहेको वडा कार्यालयको पालिका अध्यक्ष टोपबहादुर विसीले उद्घाटन गरेका हुन्।

भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विसीले पालिकादेखि ८ वटै वडा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई प्रभावकारी बनाउन भवनलाई स्तरीय बनाईरहेको जानकारी बताए।

अध्यक्ष विसीले संघ, प्रदेश, विभिन्न संघसंस्था लगायतबाट थप अहिले ४० करोड बजेट आएको उल्लेख गरे। उनले भने, ‘पालिकाले कुन–कुन शिर्षकमा बजेट विनियोजन गरेको छ र कसरी कार्यान्वयन भईरहेको छ भन्ने खवरदारी गर्न आग्रह गर्दछु। साथै नागरिकहरूका अपेक्षा धेरै छन् तर ति अपेक्षाहरूलाई सम्बोधन गर्नमा पालिकाले कुनै कसर बाँकी ननराखेको र वडा कर्यालयलाई पनि यहीँ सुझाव दिन चाहान्छु ।’

यस्तै, गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले गुराँसवासीको चाहनाअनुसारको सेवा प्रवाहमा कुनै कञ्जुसाईँ नगर्ने बताईन्। दल र व्यक्तिलाईभन्दा नागरिकहरूका वस्तुगत समस्या सम्बोधन गर्न कटिबद्ध रहेको खड्काको भनार्इ छ।

उपाध्यक्ष खड्काले, ‘जनताले दिएको जनमतको कदरगर्दै जनताकै हितमा सेवा प्रवाहलाई समानताका रूपमा कार्यान्वयन गर्दै पालिकाले अघि सारेका योजनाहरू कार्यान्वयन गर्नमा सबैले साथ दिन पनि आग्रह गर्दछु।’

भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको वडाले आफ्नै भवनबाट अबदेखि सेवा प्रवाह गर्नमा सहज हुने वडाध्यक्ष दीपेन्द्र वलीले बताए।उनकाअनुसार नयाँ भवन अपांगमैत्री रहेको छ। वडा कार्यालयको भवन ३५ लाख खर्चमा निर्माणम भएको वडा कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लाेकसेवा आयाेगले अब परीक्षा लिन पाउने, सर्वाेच्चले बाटाे खुलायाे

४ भाद्र २०७९, शनिबार १८:५१
काठमाडौं।कर्मचारी समायोजनसम्बन्धी मुद्दामा संवैधानिक इजलासले लोकसेवा आयोगलाई परीक्षा रोक्नू भन्ने माग भएको रिट निवेदन खारेज गरेको छ।​ सर्वोच्चको याे फैसलाले लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ।कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोकसेवा आयोगलाई परीक्षा रोक्नु भन्ने माग भएको रिट निवेदन खारेज […]