दैलेख। पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटन गरेका छन।एमालेले सञ्चालन गरेको ‘झुलाघाटचिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै दैलेखको गुराँस गाउँपालिका पुगेका एमाले अध्यक्ष ओलीले प्रशासकिय भवनको एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन।
उक्त कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम गर्दै देशको स्वाधीनता र सार्वभौमिकतालाई जोगाउदैँ एमालेले मिसन ८४ का लागि मध्यपहाडका जनताको सुझाव संकलन गरेर हिँडिरहेको बताए ।
देशमा व्याप्त राजनीतिक अस्थिरताले मौलाएको भ्रष्टाचार र दण्डहीनताले देशको अस्तित्व संकटमा पुग्दासमेत गठवन्धनमा संलग्न पार्टी समस्या हल गर्नतर्फ गम्भीर नभएको उनको भनाइ थियो । एमाले नेतृत्वको तीन वर्षे सरकारले समृद्धि र विकासको लहर चलाएको उल्लेख गर्दै वर्तमान समस्याको हल एमाले बिना सम्भव नरहेको दाबीसमेत उनले गरे ।

