इन्टरनेट अवरोधहुँदा जिल्ला प्रशासन कार्यालय दैलेखको सेवा दिनभर ठप्प,सेवाग्राहीलाई सास्ती

कर्णाली अनलाइन ७ बैशाख २०८०, बिहीबार १८:१२


सुर्खेत। जिल्ला प्रशासन कार्यालय दैलेखमा दिनभर इन्टरनेट अवरोधहुँदा सम्पुर्ण दैनिक कामकाज ठप्प भएको छ। जिल्लाका विभिन्न स्थानीयतहदेखी नागरिकता लगायत अन्य सेवा लिन आउने सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयको इन्टरनेट अवरोधहुदा सेवाग्राहीलाई दैनिक सास्ती हुने गरेको छ।

छोराको नागरिकता बनाउन आएका केशव बहादुर वली भन्छन सवैसगं प्रयाप्त पैसा बोकेर हिडेका हुन्छन् भन्ने कहाँ हुन्छ र तर प्रशासनको काम लिएर आउदा दुई दिन त सधै लाग्ने गर्दछ त्यसैले उनी भन्छन यो हाम्रो जिल्ला प्रशासनको ठुलो रोग हो ।

त्यसतै नागरिकता बनाउन आएका बल बहादुर सार्की भन्छन जिल्लाको महत्वपुर्ण संस्था मध्ये रहेको जिल्ला प्रशासन कार्यालयमा दैनिक जसो इन्टरनेट जानु कति लाजलाग्दो कुरा हो बैकल्पिक इन्टरनेट किन राखिदैनन यस्तो ठुलो कार्यालयमा उनले भावुक हुदै भन्ने अव दुई तिन दिन कति दिन लाग्छ पैसा छैन के खाने होला सार्कीले भने ।

त्यसतै अर्का सेवाग्राही तिलक विसीले भने दिन भर प्रशासनमा बसेर फर्किउ नेट आउछ आउछ भन्दा भन्दै तर ४ बजे सम्म पनि आएन विसीको गुनासो छ ।दुख व्यत्त गदै विसीले भने दुई दिन सम्म कसरी दैलेखमा बस्ने होला गोजिमा पैसा छैन दैलेखमा चिनेको मान्छे छैन उनले भने ? यि प्रतिनिधि घटना मात्रै हुन।यो विषयमा प्रशासन शाखा गभिर हुन जरुरी छ र विकल्प सहितको इन्टरनेट सेवा प्रदान गर्ने कि?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

७ बैशाख २०८०, बिहीबार १८:१२
काठमाडौँ ।प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका […]

सम्बन्धित शीर्षक