८१ वर्षीय राप्रपाका पशुपति शमशेर राणालाई संसदमा शपथ खुवाउने अवसर

कर्णाली अनलाइन २५ मंसिर २०७९, आईतवार २१:५७

काठमाडौँ।मंसिर ४ गते भएको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभामा राप्रपाका पशुपति शमशेर राणाले जेष्ठ सदस्यको हैसियत प्राप्त गर्ने भएका छन्।

राप्रपाकोे समानुपातिक तर्फको खस आर्य समूहबाट सांसद बन्न लागेका ८१ वर्षे राणाले जेष्ठ सदस्यका रुपमा पहिलो बैठकको अध्यक्षता गर्ने र अरु सदस्यहरुलाई शपथ खुवाउने भएका छन्। उनले उक्त जिम्मेवारी अस्वीकार गरेको अवस्थामा मात्रै अरुले अवसर पाउने छन्। राणाले राष्ट्रपतिबाट सांसदको शपथ लिएपछि पहिलो बैठकमा अरु सदस्यलाई शपथ खुवाउने छन्।

निर्वाचन आयोगले चुनावी परिणामलाई अन्तिम रुप दिन तयारी गरिरहेको अवस्थामा आयोगकै विवरण अनुसार ८१ वर्ष पुगेका राणा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका नाति हुन्। उनको जन्म विसं १९९८ वैशाख २५ गते काठमाडौँको महाराजगञ्ज भएको हो।

संसदको दोस्रो जेष्ठ सदस्यका रुपमा बाग्लुङ २ बाट निर्वाचित जनमोर्चाका चित्रबहादुर केसी हुन्। आयोगको रेकर्डअनुसार उनी ८० वर्षका भए।

त्यस्तै केसीभन्दा केही महिनाले मात्रै कान्छा महन्थ ठाकुर हुन्। उनी लोसपाबाट महोत्तरी ३ बाट निर्वाचित भएका छन्। उनको पनि उमेर ८० वर्ष रहेकोे आयोगको रेकर्डले देखाउँछ। ठाकुरले २०७४ सालमा जेष्ठ सदस्यका रुपमा सभामुख चयन नभइञ्जेल बैठक चलाएका थिए।

नागरिकतामा त्रुटिवश ८५ वर्ष उमेर कायम भएका महिन्द्रराय यादव हुन्। सर्लाही २ बाट निर्वाचित यादवको औपचारिक उमेर ८५ वर्ष भए पनि उनी त्यो वास्तविक नभएको बताउँछन्। २०७४ सालमा नागरिकता अनुसार जेष्ठ सदस्य भए पनि उनले पहिलो बैठकमा आफू अनुपस्थित भएर महन्थ ठाकुरलाई अध्यक्षता गर्ने अवसर दिएका थिए।

संसदमा तनहुँ २ बाट निर्वाचित रामचन्द्र पौडेल ७८ वर्षका छन्। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा ७७ वर्षका भए। मंसिर ४ को चुनावमा उनले सातौँपटक डडेलधुराबाट जितेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समानुपातिक उम्मेदवारको नामावली सच्याउन सोमबार ४ बजेसम्म पाउने

२५ मंसिर २०७९, आईतवार २१:५७
काठमाडौं । समानुपातिकतर्फ सीट प्राप्त गरेका दलले पेश गरेको उम्मेदवारको सूची सोमबार ४ बजेसम्म सच्याउन पाउने भएका छन् । निर्वाचन आयोगले पेश गरेको नामावली सच्याउनका लागि दललाई समय दिएको छ । त्रुटि गरेर समानुपातिक उम्मेदवारको नाम पठाउने राजनीतिक दललाई सच्याएर पुनः विवरण पठाउन सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिइएको […]

सम्बन्धित शीर्षक