गठबन्धनलाई भोट दिएको भन्दै कांग्रेस कार्यकर्तामाथि कुटपिट

कर्णाली अनलाइन ७ जेष्ठ २०७९, शनिबार ०८:२२

काठमाडौँ । धनकुटाको सहिदभुमी गाउँपालिकामा गठबन्धनलाई मत दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले स्थानीलाई कुटपिट गरेका छन ।नेकपा एकिकृत समाजवादीका जेवी राईलाई मत दिएको भन्दै सहिदभुमी गाउँपालिका वडा न  ६ सुके आहालमा शुक्रबार एमालेका कार्यकर्ताहरुले ४६ वर्षिय बच्चिमाया राईलाई कुटपिट गरेका हुन।

बच्चिमाया छिरिन राईको उभौली चाडको लागि बुढौली खोज्न सुके आहाल गएकी थिइन ।उनलाई स्थानीय चन्द्रकुमारी राई ,गुप्तामाया राई ,ढम्बर कुमारी राई लगायतले गठबन्धनलाई भोटदिे भन्दै लछारपछार गरेका स्थानीय रुद्र राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत मीटर वडाबाटै वितरण गर्न गुराँस गाउँपालिका अध्यक्ष बिसीको निर्देशन

७ जेष्ठ २०७९, शनिबार ०८:२२
दैलेख । नव निर्वाचित गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले शुक्रवार एक समारोहको विच पदभार ग्रहण गरेका छन।पदबहालीसँगै गुराँस गाउँपालिका अध्यक्ष टोप विसीले जनताले विद्युत मिटर जडानका सम्बन्धमा अनावश्यक समस्या खेपिराख्नु परेको हुदाँ विद्युत मीटर  गुराँस गाउँपालिकाका प्रत्येक वडाबाटै वितरण गर्न निर्देशन दिएका छन। यसअघि विद्युत मीटर  […]

सम्बन्धित शीर्षक