बङ्गलादेशले मार्चमा दक्षिण अफ्रिकामा एक दिवसीय र टेस्ट श्रृङ्खला खेल्ने

कर्णाली अनलाइन २७ माघ २०७८, बिहीबार ११:०८

बङ्गलादेशको क्रिकेट टोलीले आउँदो मार्चदेखि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ ।तीन वटा एक दिवसीय र दुई वटा टेस्ट क्रिकेटको श्रृङ्खला खेल्न बङ्गलादेशको टोली दक्षिण अफ्रिका जाने पक्का भएको हो ।

यी खेल एक दिवसीय सुपरलिग र विश्व टेस्ट च्याम्पियनसिपमा गणना हुनेछ । पहिलो एक दिवसीय मार्च १८ तारिखमा सेन्चुरियनमा, दोस्रो खेल मार्च २० तारिखमा जोहानेशबर्ग र तेस्रो खेल २३ तारिख सेन्चुरियनमा हुनेछ। यस्तै पहिलो टेस्ट मार्च ३१ र दोस्रो टेस्ट अप्रिल ८ तारिखमा हुने तय भएको छ ।

बङ्गलादेश अहिले ८० अङ्कसहित एक दिवसीय सुपर लिगको दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका भ्रमणमा जानुअघि बङ्गलादेशले घरेलु मैदानमा अफगानिस्तानसँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्ने छ । दक्षिण अफ्रिका भने १० खेलमा तीन जितसहित ३९ अङ्कसहित १०औँ स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

२७ माघ २०७८, बिहीबार ११:०८
बाँके।सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ।जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो। जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो। शाही थरकी महिलाले माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाँले जबरजस्ती करणी […]

सम्बन्धित शीर्षक