‘वर्थ डे पार्टी’मा गोली चल्दा ४ जनाको मृत्यु, २८ घाइते

कर्णाली अनलाइन ४ बैशाख २०८०, सोमबार ०८:४९
DADEVILLE, AL – APRIL 16: Community members watch as crime scene investigators work the scene of a shooting on April 16, 2023 in Dadeville, Alabama. According to reports, at least four people were killed and others injured in a shooting during a birthday party at a dance studio on Saturday night. (Photo by Megan Varner/Getty Images)

एजेन्सी।अमेरिकाको अलबामा राज्यको एक शहरमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने घटनामा २८ जना घाइते भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डेडभिल शहरको एक डान्स केन्द्रमा ‘स्वीट १६’ (वर्थ डे पार्टी)मा अचानक अन्धाधुन्ध गोली चलेको हो।

स्थानीय समयानुसार शनिबार राति १०:३४ बजेतिर भएको गोलीकाण्डपछि शहरमा भागदौड मच्चिएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ।

२८ जना घाइते भएकोमा जसमध्ये केहीको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रविको गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा फेला, अवस्था गम्भीर

४ बैशाख २०८०, सोमबार ०८:४९
चितवन।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तला माथिबाट खसेको अवस्थामा फेला परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका हुन्। चितवन निर्वाचन क्षेत्र नम्बर – २ मा यही […]