कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली अनलाइन १५ मंसिर २०७८, बुधबार ०८:४९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भनी मंगलबार प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए । आज बसेको प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घाेषणा गरेका हुन् । एमालेकाे महाधिवेशनका कारण जिल्ला बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन् ।

प्रदेश सभामा सभामुखसहित ३५ जना सांसद छन् । तर बुधबारको बैठकमा सहभागी २३ जना सांसदमध्य पक्षमा २२ जनाले पक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री शाहीलाई कांग्रेसका पाँच, माओवादीका १२, समाजवादीका तीन र राप्रपका एक जना सांसदले मत दिएका हुन् ।

गएको कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका थिए । तत्कालिन प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शाहीलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शाही कांग्रेस, माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित १३, माओवादीका १२, नेपाली काँग्रेसका ६, समाजवादीका तीन र राप्रपका एक जना सांसद छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घूससहित मालपाेत कार्यालय प्रमुख र अमिन पक्राउ

१५ मंसिर २०७८, बुधबार ०८:४९
काठमाडौँ।चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो। मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग […]

सम्बन्धित शीर्षक