स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निवेदन दिएका छन्

कर्णाली अनलाइन १६ फाल्गुन २०७८, सोमबार ०३:३२

काठमाण्डौं। वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निवेदन दिएका छन् । फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।

आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलले दर्ताको लागि निवेदन दिएका छन् । दल दर्ताको लागि निवेदन दिने समय सकिएको छ । दल दर्ताको लागि आएका निवेदन अध्ययन गरेर अबको एक हप्ताभित्र दलका नाम राजपत्रमा प्रकाशित गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगबाट १ सय ११ दलले मान्यता पाएका भए पनि ८० दलले मात्रै दर्ताको लागि निवेदन दिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाले भन्यो : एमसीसी सम्झौता कार्यान्वयनको दिशामा अघि बढ्यो

१६ फाल्गुन २०७८, सोमबार ०३:३२
काठमाण्डौं ।  अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ । हिजो बेलुकी संसदबाट एमसीसी अनुमोदन भए लगत्तै काठमाण्डौमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर अब कार्यान्वयनको दिशामा अघि बढेको भन्दै प्रतिक्रिया जनाएको छ । विज्ञप्तिमा सम्झौता अनुमोदनसँगै नेपाली नागरिकका लागि थप रोजगारीको […]

सम्बन्धित शीर्षक