लू काठमाडौँ आइपुगे,उच्चस्तरीय भेटघाट आजै सुरु गर्ने

कर्णाली अनलाइन २९ असार २०८०, शुक्रबार १३:४९

काठमाडौँ।अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू शुक्रबार काठमाडौँ आइपुगेका छन्। उनले आजै उच्चस्तरीय भेटघाट सुरु गर्दैछन्।

विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन्।

उनले शुक्रबार दिउँसो ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री दाहाल र लूबीच बेलुकी ६ बजे बालुवाटारमा भेट हुनेछ ।

भेटमा राजनीतिक र कूटनीतिक विषयमा छलफल भने हुने छैन। प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिरबाट लडेर एक बालिकाको मूत्यु

२९ असार २०८०, शुक्रबार १३:४९
सुर्खेत । दैलेखमा भिरबाट लडेर एक जना बालिकाको मूत्यु भएको छ । ठाटिकाँध गाउँपालिका वडा नम्बर- ४ बस्ने अन्दाजी १५/ १६  बर्षकी रञ्जना नेपालीको आज विहान मूत्यु भएको हो । उनी स्थानिय रानिवनमा घास काट्ने क्रममा भिरबाट लडेर मूत्यु भएकाे ठाटिकाँध  गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहीले कर्णाली अनलाइन लाई जानकारी […]