ताँजाकोट गाउँपालिका मासपुरवासी बाढीपिडितले अझैँ पाएनन राहत : किन पुगेन सरकारको ध्यान?

कर्णाली अनलाइन २ मंसिर २०७८, बिहीबार ११:४१

धन बहादुर भण्डारी

हुम्ला। जिल्लाकोे ताँजाकोट गाउँपालिका ३ स्थित मासपुर गाउँमा कात्तिक पहिलो हप्ता परेको बेमौसमी अविरल वर्षाले २१ घरमा क्षति पुयाएको थियो । जसमध्ये ५ घर पूर्णरुपमा क्षतिभए भएका छन भने १६ घरमा आर्शिक क्षति पुर्याएको थियो । बेमौसमी अबिरल बर्षाले क्षति भएको महिनादिन बिति सक्दा पनि सरकारी निकायबाट मासपुर बस्तीलाई कुनै ध्यान नदिएको पीडित दानबहादुर बुढाले बताए ।

मासपुर गाउँका स्थानीय केशबहादुर रोकायाले भने ”आफूहरु गाउँपालिकासम्म पुग्न नसकिएको बताएका छन्” । स्थानीय केशबहादुर रोकाया, दानबहादुर बुढा, पुसबहादुर रोकाया, पञ्चलाल रोकाया र दाने रोकायाको घर पूर्ण क्षतिग्रस्त भएको समेत स्रोतले बताएको छ । वर्षाले घर सबै भत्काएपछि मासपुर गाउँवासी तिम्बारा कमेठामा पाल टाँगेर बस्दै आएको बुढाले जानकारी दिए ।अबिरल बर्षाले घर भत्काए पछि यस वर्ष मंसिर पुषको चिसोमा पनि गाउँवासीले पालमा बिताउनुपर्ने चिन्ता भएको स्थानिय पीडितहरुले बताए ।

वर्षाले घर भत्काएसँगै कोदो, गहुँ, मकैलगायतका अन्नबाली समेत नाश भएको बताएका छन् । मासपुरबाट स्थानीय आउनै कठिन भएको कारण कात्तिक ३० गते स्थानीय आएर प्रहरी चौकीमा वर्षाले भएको क्षतिबारे निवेदन दिएको र हालसम्म गाउँपालिका र सरकारी प्रतिनिधि नआएपछि स्थानीय आफै क्षतिबारे जानकारी दिन आएको  बताए । ताँजाकोट प्रहरीले भने आफुलाई यो बारेका केही जानकारी नभएको र अब तत्काल मासपुर पुगेर क्षतिको विवरण संकलन गर्ने जनाकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी

२ मंसिर २०७८, बिहीबार ११:४१
न्युयोर्क (एजेन्सी) – अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन्। ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने। कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन्। अमेरिका […]

सम्बन्धित शीर्षक