मौसम पूर्वानुमान महाशाखा: शनिबार दिउँसोबाट मौसममा सुधार आउने

कर्णाली अनलाइन २१ माघ २०७८, शुक्रबार ०८:५९

काठमाडौं। शनिबार दिउँसोबाट मौसममा सुधार आउने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

मानन्धरका अनुसार आज दिनभर मौसमी प्रणाली यस्तै रहने देखिएको छ भने भोलि दिउँसोबाट केही सुधार हुने सम्भावना रहेको छ। ‘आज दिनभरि यस्तै हुने देखिन्छ। भोलि दिउँसोबाट केही सुधार हुन्छ’ उनले भनिन्, ‘भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनुषामा हावाहुरी चल्दा ३ जनाको ज्यान गयो

२१ माघ २०७८, शुक्रबार ०८:५९
धनुषा । हावाहुरी चल्दा मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ  । धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र […]