काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापाले अग्रता लिएका छन । १४ औँ महाधिवेशन अन्तर्गत दुई महामन्त्रीका लागी भएको निर्वाचनको जारी मतगणनामा थापाले शूरुवाती अग्रता लिएका हुन।
प्रारभिक परिमाणअनुसार गगनले ७० मत ल्याएका छन। दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन।संस्थापन पक्षका उम्मेदार प्रकाशशरण महत र प्रदिप पौडेल क्रमश तेस्रो र चौथो स्थानमा छन।महतले ३१ र पौडेलले २७ मत प्राप्त गरेका छन।शेखर कोइराला प्यालनबाट उठेका डा.मिलेन्द्र रिजालको २१ मत रहेको छ।

