श्रीलंका : सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ०१:४४

एजेन्सी।चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । यसका साथै ११ जना घाइते भएका छन् ।यस घटनामा १० प्रहरी पनि घाइते भएको बताइएको छ । उनीहरू सबैलाई केग्ले अस्पतालमा भर्ना गरिएको छ ।

केग्ले अस्पतालका निर्देशकले पनि यो कुराको पुष्टि गरेका छन् । घाइतेमध्ये दुई जनाको अहिले शल्यक्रिया भइरहेको उनले बताए ।यो घटना श्रीलंकाको रामबुकाना शहरमा मंगलबार भएको हो ।

प्रहरी प्रवक्ता निहाल तल्दुवाले घटनाबारे बिबिसीलाई बताएअनुसार १५ घण्टादेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाउनुपरेको थियो ।अर्को सूचना नभएसम्मका लागि रम्बुकानामा कर्फ्यु लगाइएको पनि प्रहरीले जनाएको छ ।

मुलुकको असाधारण आर्थिक मन्दीको विरोधमा मंगलबार देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको बताइएको छ ।रामबुकाना, हिङ्गुरकगोडा, बड्डेगामा, दिगाना, गम्पोला, रत्नपुरा र तेलदेनियामा विरोध प्रदर्शनहरू भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभरका विभिन्न २३ हिमालमा चढ्न ७२ देशका ८ सय जनाले लिए अनुमति

७ बैशाख २०७९, बुधबार ०१:४४
काठमाडौं ।गत वर्ष (सन् २०२१) को तुलनामा यस वर्ष पर्वतारोहण गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो एक हप्तामा थप १ सय ११ जनाले हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ। विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसवर्ष हालसम्म ८०० जनाले पर्वतारोहरणको अनुमति लिइसकेका छन्। गत वर्ष वसन्त याममा […]