देशभरका विभिन्न २३ हिमालमा चढ्न ७२ देशका ८ सय जनाले लिए अनुमति

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ०१:५७
फाइल फोटो
फाइल फोटो

काठमाडौं ।गत वर्ष (सन् २०२१) को तुलनामा यस वर्ष पर्वतारोहण गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो एक हप्तामा थप १ सय ११ जनाले हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसवर्ष हालसम्म ८०० जनाले पर्वतारोहरणको अनुमति लिइसकेका छन्। गत वर्ष वसन्त याममा ७ सय ४२ जनाले अनुमति लिएका थिए।

यस वर्ष देशभरका विभिन्न २३ हिमालमा ९८ समूहका आरोहण दल चढ्नेछन्। जसमा नेपालसहित ७२ मुलुकका ६ सय २६ जना पुरुष र १ सय ७४ जना महिला छन् । पर्वतारोही हरुबाट मंगलबारसम्ममा ४२ करोड  ९४ लाख ६२ हजार २ सय ८६ रुपैंया रोयल्टी प्राप्त भएको विभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर मकवानपुरमा एक वृद्धको मृत्यु

७ बैशाख २०७९, बुधबार ०१:५७
मकवानपुर।चट्याङ लागेर मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा […]