आर्सनल लिग कपको क्वाटरफाइनलमा

कर्णाली अनलाइन १० कार्तिक २०७८, बुधबार ०५:४२

आर्सनल लिग कप (इएफएल) फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले लीड्स युनाइटेडलाई २–० ले पराजित गरेको हो ।घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि ५५ औँ मिनेटमा कालम च्याम्बर र ६९ औँ मिनेटमा एडी एनकेतिहले गोल गरेका हुन् ।

मंगलबार राति भएका अर्को खेलमा साउथह्याम्पटनसँग निर्धारित समयको खेलमा १–१ को बराबरी गरेको चेल्सी टाइब्रेकरमा जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । चेल्सीले टाइब्रेकरमा ४–३ को जित दर्ता गरेको हो ।

यस्तै अर्को खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा क्यूपिआरलाई ३–१ ले पराजित गर्दै सन्डरल्याण्डले क्वाटरफाइनलमा स्थान बनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा नबिलको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

१० कार्तिक २०७८, बुधबार ०५:४२
सुर्खेत। नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ। साझेदारी सम्झौता–पत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा र बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले हस्ताक्षर गरेका छन्। उक्त साझेदारीमा […]