सुर्खेतको लाटीकोईलीबाट अवैध काठ बरामद

कर्णाली अनलाइन २७ माघ २०७८, बिहीबार १०:४७

सुर्खेत ।जिल्लाको लाटीकोईलीबाट अवैध काठ बरामद गरिएकाे छ । वीरेन्द्रनगर नगरपालिका-९ शिबमन्दिर नजिकैबाट प्रहरीले काठ र नम्बर नखुलेका दुइ वटा मोटरसाईकल नियन्त्रणमा लिएकाे हाे । दुइ जना ब्यक्तिले अबैधरुपमा सालको चिरान काठ तीन फिटका १२ वटा कडी र सात फिटका १२ वटा कडी बरामद गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

काठ ओसारपसार गरिरहेको अवस्थामा सादापाेशाकमा खटिएका प्रहरी टोलीलाई देखेपछि काठ छाडेर दुइ जना भागेकाे प्रहरीकाे भनाइ छ । घटना स्थलमा छोडीएकाे मोटरसाईकल र काठ भने डिभिजन वन कार्यालय वीरेन्द्रनगरलाइ बुझाइएकाे प्रहरीले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बङ्गलादेशले मार्चमा दक्षिण अफ्रिकामा एक दिवसीय र टेस्ट श्रृङ्खला खेल्ने

२७ माघ २०७८, बिहीबार १०:४७
बङ्गलादेशको क्रिकेट टोलीले आउँदो मार्चदेखि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ ।तीन वटा एक दिवसीय र दुई वटा टेस्ट क्रिकेटको श्रृङ्खला खेल्न बङ्गलादेशको टोली दक्षिण अफ्रिका जाने पक्का भएको हो । यी खेल एक दिवसीय सुपरलिग र विश्व टेस्ट च्याम्पियनसिपमा गणना हुनेछ । पहिलो एक दिवसीय मार्च १८ तारिखमा सेन्चुरियनमा, दोस्रो […]