काभा भलिबलः नेपाल इरानसँग पराजित

कर्णाली अनलाइन ५ असार २०८०, मंगलवार २३:४०

काठमाडौँ ।कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ।

कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–२२ ले पराजित गर्‍यो। जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो।

यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कीर्गिस्तानसँग पराजित भएको थियो। अब नेपालले आफनो चौँथो खेलमा बिहीबार तुर्किमिनिस्तानसँग खेल्नेछ। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोपाइँ गर्न खेतमा पुगे विप्लव (तस्बिरहरु)

५ असार २०८०, मंगलवार २३:४०
  काठमाडौँ।असार लागेसँगै देशभर किसानहरुलाई धान रोपाइँको चटारो छ। किसानहरुको दैनिकी यतिबेला खेतमै बितिरहेको छ।काठमाडौँ उपत्यकामा पनि यतिबेला किसानहरु  रोपाइँमा व्यस्त छन्। उपत्यकामा हरेक दिनजसो पानी परिरहेको हुँदा पनि किसानलाई रोपाइँ गर्न सजिलो भएको छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि बुधबार रोपाइँ गर्न खेतमा पुगेका छन्। […]

सम्बन्धित शीर्षक