माछापुच्छ्रे बैंकको एटीएम मेशिनमा तोडफोड गर्ने युवक पक्राउ

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ०८:०७

मोरङ। मोरङको विराटनगरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेशिनमा तोडफोड भएको छ। एटीएम मेशिन तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार मोरङ रतुवामाई नगरपालिका ५ का पारस कालिकोटे बैंकको एटीएम तोडफोडका क्रममा पक्राउ परेका हुन्।

विराटनगर महानगरपालिका ५ कञ्चनबारीस्थित बैंकको एटीएम मेशिन आइतबार राति करिब साढे ९ बजे तोडफोड गरिरहेको अवस्थामा २१ वर्षीय कालिकोटेलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा ट्याक्टर दुर्घटनाहुँदा घटनास्थलमै चालककाे मृत्यु

१२ पुष २०७८, सोमबार ०८:०७
सुर्खेत । जुम्लामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कालिकोटको थिर्पुबाट जुम्लाको बड्कीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०२८७ नम्बरको ट्याक्टर हिमा गाउँपालिका–२ ओदीमा दुर्घटनाहुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–९ तलिउमका अन्दाजी ३६ वर्षीय नानु गिरी रहेको प्रहरी चौकी बड्की जुम्लाले जनाएको छ […]