बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु

कर्णाली अनलाइन ९ फाल्गुन २०७८, सोमबार १४:४१

बैतडी।बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका-३, डबरामा काठ लिएर आउँदै गरेको टिप्पर दुर्घटना भएको हो। मृत्यु हुनेमा पाटन नगरपालिका ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

विष्ट र अवस्थी स्थानीय सिगास माविका विद्यार्थी हुन्।  स्कुल सकेर घर फर्किरहेका विद्यार्थीहरु बीच बाटोमा टिप्परमा चढेका थिए। टिप्पर मोड्ने क्रममा अपरान्ह साढे ४ बजेतिर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।घाइते विद्यार्थीलाई उपचारका लागि डडेल्धुरा पठाइको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया शुरु

९ फाल्गुन २०७८, सोमबार १४:४१
काठमाडौं।नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया शुरु भएको छ। आगामी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया शुरु भएको हो।निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया शुरु हुनेछ। १९ चैतमा हुने निर्वाचनवाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष […]

सम्बन्धित शीर्षक