दैलेखमा एनएमबि लघुवित्तले दियो बित्तीय साक्षरता,स्थानीयको उत्साहजनक उपस्थिति

कर्णाली अनलाइन १० फाल्गुन २०८१, शनिबार १३:२०

दैलेख। जिल्लाको दुल्लु नगरपालिका वडा न–४ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दुल्लुले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम दुल्लु नगरपालिका –१ नाउलेमा शनिवार संचालन गरेको छ। उक्त कार्यक्रममा ४० जना भन्दा बढी स्थानियको उपस्तिथि रहेको थियो। दुल्लु शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचाल्न गर्दै आईरहेको छ।

उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुरा हरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको उपस्थित स्थानियहरुले जानकारी दिए । उक्त कार्यक्रम को ब्यवस्थापन मदन कुमार बि.कले गर्नु भएको थियो र संचालन र स्वागत भने दुल्लु शाखाका शाखा प्रमुख नमराज वनले गर्नु भएको थियो ।

कार्यक्रममा बित्तीय साक्षयरताका बारेमा भने कर्णाली प्रदेश का अनुगमन अधिकृत बेद प्रसाद बेल्बासेले प्रशिक्षण दिनुभएको दुल्लु शाखाका शाखा प्रमुख नमराज वनले कर्णाली अनलाईनलाई जानकारी दिनुभयो।

उक्त नगरपालिका वडा न. १,देखि १३ वटै वडा ,भैरवी गाउँपलिका ,चामुन्डा बिन्द्रासैनी नगरपालिका र महाबु गाउँपालिकामा करिब ९ सय ५५ घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित बित्तीय सस्था लि. शाखा कार्यालय दुल्लुले उक्त ठाउँहरुमा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मासु किन्ने पैसा नभएर निकुञ्जलाई बाघ पाल्नै कठिन,मासिक २ लाख भन्दा वढीको खर्च

१० फाल्गुन २०८१, शनिबार १३:२०
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन्। ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ। कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि रु चार लाख ३८ हजार बजेट निकासा भएको छ। एक महिनामा सातवटा […]