संसदमै लुगा खोलेर अमरेशले यसरी गरे विरोध,संसद् बैठकमै अर्धनग्न भएको यो पहिलो घटना

कर्णाली अनलाइन २५ बैशाख २०८०, सोमबार १३:०७

सुर्खेत।नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी संसद बैठकमा स्वतन्त्र सांसद् अमरेश कुमारले आफूले लगाएको सर्ट र गन्जी ‍खोलेर वि‍रोध प्रदर्शन गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री जस्ता जिम्मेवार पदमा रहेका व्यक्तिका श्रीमतिको समेत सम्लग्नता रहेको भन्ने खालका गम्भीर विषयमा बोल्न नपाएको भन्दै उनले आफूले लगाएको लुगा खोलेर विरोध गरेका हुन्।

उनीसहित प्रेम सुवाललगायत सांसदले यस गम्भीर विषयमा बोल्न पाउनुपर्ने भनेर सभामुख समक्ष समयको माग राखेका थिए। तर, सभामुख देवराज घिमिरेले बोल्न नपाइने बताएपछि सांसद् अमरेशले आफू अर्धनग्न हुने भन्दै जारी संसद बैठकमै लुगा खोलेका हुन्।

यसपश्चात् बैठकमा‍ अरु सांसदहरू‍ सभामुख र आफूहरूको अपमान गरेको भन्दै अमरेशको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका छन्। यद्यपि, अमरेश भने लुगा खोले लगत्तै संसदबाट बाहिरिएका छन्।

विदेशमा संसद् बैठकमा लुगा खोलेर विरोध जनाएको पाइएपनि  नेपालमा भने जारी संसद् बैठकमै अर्धनग्न भएको यो पहिलो घटना हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बोल्न नपाएको भन्दै राप्रपाले नाराबाजी गरेपछि संसद बैठक स्थगित

२५ बैशाख २०८०, सोमबार १३:०७
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ‍।आज बुधबार बिहान करिब ११ बजे सुरु भएको बैठकमा आफूहरुले बोल्न नपाएको राप्रपाका सांसदले भन्दै नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो। सिद्धान्त र प्राथमिकता(प्रि-बजेट) माथि छलफल सकेर आजै अर्थमन्त्रीले जवाफ दिने भएकाले समय कम […]