रामचन्द्रको नाममा सर्वसम्मत गरे बाधा गर्दिनँ : निधि

कर्णाली अनलाइन २४ मंसिर २०७८, शुक्रबार ०६:५०

काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने अवस्था आए आफू बाधक नबन्ने बताएका छन्। शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा सभापतिका आकांक्षीसमेत रहेका निधिले यस्तो बताएका हुन्।

उनले भने, ‘रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ। शेरबहादुर देउवाले रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ।’

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ।

महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहनेछन्। अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ।

यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ।उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र  दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।@thahakhabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'पूर्वराजालाई व्यापार गरेर बस्न' अध्यक्ष नेपालको चेतावनी

२४ मंसिर २०७८, शुक्रबार ०६:५०
काठमाडौँ।नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताएका छन्। उनले पूर्वराजालाई नयाँ पार्टी खोल्न चेतावनी दिँदै भने, ‘नत्र एउटा व्यापार खोलेर बसे हुन्छ।’ उनले राजनीतिक दलहरुले नै सम्बृद्धिको यात्रा अगाडि बढाउने दाबी गरे। ‘पार्टीभित्र र बाहिर भएका विकृतिलाई पन्छाउनुपर्छ,’ […]