सुर्खेत।आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतका सत्तारुढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन ।नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी ,जनता समाजवादी पार्टि र राष्ट्रिय जनमोर्चाले सुर्खेतमा ९ वटै पालिकामा गठवन्धन बनाएर जाने निर्णय गरेका छन।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ,सुर्खेत जिल्लाका नौ वटै पालिका ,कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरी जाने निर्णय गरियो छ । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष मोहन बडुवालका अनुसार सवै दलबाट १० जनाको संयन्त्र पनि बनाउने निर्णय गरिएको छ ।
यस्तै गठबन्धनको मुल मर्म अनुसार अघि बढन कार्यकर्तालाई निर्देशन समेत दिइएको छ ।विज्ञप्तिमा नेकपा एसबाट मोहन बडुवाल ,काग्रेसबाट जिल्ला सभापति खड्क पोख्रेल ,माओवादीबाट जिल्ला इन्चार्ज झकबहादुर मल्ल,राजमोबाट गोविन्द्र सुवेदी र जपपाबाट टोपबहादुर दर्लामीले हस्ताक्षर गरेका छन ।